Sunday, September 6, 2015

देशद्रोही परास्त नगरी नेपाली सार्वभौमसत्ता जोगिन सक्दैन !


देशद्रोही परास्त नगरी नेपाली सार्वभौमसत्ता जोगिन सक्दैन !

भौगोलिक र जातीय विविधताको कारणले नेपालको अवस्था संवेदनशील छ किनकि
नेपालको भाषा, जाति, धर्म, क्षेत्रीयता बारेमा हचुवाका भरमा बोल्ने,
लेख्ने, भड्काउने काम भयो भने चौतर्फी छताछुल्ल हुन्छ । नेपाल अधिराज्यका
विभिन्न जाति, भाषा, धर्ममाथि सहअस्तित्व कायम राख्नु नेपालको राष्ट्रिय
एकीकरणपछि स्थापित मान्यता हो । नेपाल अधिराज्यमा हिमाल, पहाड, तराई
आ–आफ्नै प्राकुतिक सिर्जना हुन् ।

नेपालको प्राकृतिक विविधताको कारणले नेपाललाई विश्वमा सानो संसार मानिन्छ
। प्राकृतिक र सांँस्कृतिक हिसावले विश्वमा नैं नेपाल एक समृद्ध मुलुक हो
। यसका प्राृकतिक स्रोतलाई परिचालन गर्ने र नेपालमा हिन्दु देवदेवता,
मन्दिर, धाम तथा बौद्ध भूमिलाई विश्वमा प्रदर्शन गरिएमा विश्वको समृद्ध
भूमि बन्न सक्छ । त्यसैले नेपालको महानता र यसको संवेदनशील बुझ्न
सक्नुपर्छ ।

नेपाललाई तहसनहस गराउन २०६३ सालपछि यहीँका पार्टीका गद्दार नेपालीहरूलाई
विदेशीहरूले प्रयोग गरेर यो पूण्यभूमिको सार्वभौमसत्ता, एकता र शान्ति
भड्काउन थालियो । यसमा भारतीय गुप्तचर संस्था 'रअ', नेपालका गद्दार
पार्टीका नेताहरू खास गरेर माओवादीभित्रका इसाईहरू सशक्त भएर भाषा, धर्म,
क्षेत्रीयता र जातीयको कुरा उठाएर नेपाली जनता बीचमा फूट ल्याउन लागे ।

नेपालको भौगोलिकता, जातीयता, भाषा, धर्म र क्षेत्रीयतामा सन्तुलन कायम
गरेर अनेकतामा एकताको केन्द्रबिन्दुमा रहेर देशको सार्वभौम एकता कायम
राख्न सर्वदा कटिवद्ध रहिआएको राजसंस्थालाई विवादमा ल्याएर अस्तव्यस्त
गराउन गणतन्त्रको भूमरी निम्त्यिाइयो ।

नेपालको एकताको आधारस्तम्भको रूपमा रहेर विश्वको एकमात्र हिन्दुअधिराज्य
र राजसंस्थालाई विस्थापित गरी इसाईहरूको दबाबमा यहाँका सत्तासीन
गद्दारहरूले नेपाली जनताको अभिमत बिरूद्ध धर्मनिरपेक्ष, गणतन्त्र घोषणा
गरेर नेपाली जनताको आस्थामाथि चोट पु¥याउने कुकर्म गरे । धर्मनिरपेक्ष
घोषणा गराउनमा राजा ज्ञानेन्द्रबाट ब्यूँताइएको प्रतिनिधिसभाका सभामुख
सुबास नेम्वाड सशक्त बने ।

यी पनि इसाई हुन् भनिन्छ । भारतीय गुप्तचर संस्था 'रअ' बाट परिचालीन
बाबुराम भट्टराई पनि क्याथोलीक इसाई हुन् र कृष्ण सिटौला हिन्दु धर्म
बिरोधी 'रअ' बाट परिचालीत गद्दार हुन् । राजासँग संझौता भई गिरिजा
प्रधानमंत्री बनेको मंत्रिमन्डलमा 'रअ' र बाबुराम भट्टराईको सिफरिसमा
कृष्ण सिटौलालाई गृहमंत्री बनेर यिनै सिटौलाले रातोरात नागरिकताको ऐन
संशोधन गराएर ४० लाख भारतीयहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाए ।
तिनै सिटौला र बाबुराम भट्टराई धर्मनिरपेक्ष घोषणा गराउन सुवास नेम्बाडको
मित्र बने ।

तिनै सिटौलाबाट निर्वाचन हारेपछि पनि संसद अधिवेशनबाट गणतन्त्र घोषणा
गरियो । जबकी संसद सदस्य नभएको व्यक्ति संसद सभाकक्षमा बस्न पाउँदैन ।
यसरी त्यसबेलादेखि निरन्तर तिनै सिटौला र बाबुरामले भारतीयहरू कै पहलमा
२०७२ साल साउन भदौमा संविधानको मस्यौदा समितिमा रहेर संविधानसभामा पेश
गरे । जनताबाट आएका सुझावहरूलाई कुनै वास्ता नैं गरिएन । जनताको अभिमत
लत्याएर देशभित्र आगो लगाउने कुकर्म गरे । माओवादी जनयुद्ध नैं 'रअ' बाट
परिचालित र भारतबाट प्रायोजित थियो ।

माओवादी जनयुद्धभन्दा अगाडि जातीयताको बिजारोपण गर्ने सीआइएबाट परिचालीत
फ्रि तिब्बतका अनुयायी पद्मरत्न तुलाधर हुन् । उनले नेवार राज्यको कुरा
उठाएर साम्प्रदायिकताको बिजारोपण गरी नेपालको संवदेनशीलता भत्काउन सक्रिय
भए । अतः देशमा पहिला आगो लगाउने यी तीनजना हुन् । संविधानसभाको सस्यौदा
संसदमा पेस गरेपछि तराईमा रक्तपात र टीकापुरका प्रहरीहरूको हत्या गरेर
देशलाई आतंकित बनाउने तत्व यस्तै छन् । एउटा पुरानो कुरा स्मरण गराउन
चहान्छु । पद्मरत्न तुलाधर र म २०४१ सालदेखि सँगै संसदमा थियौं ।
पद्मरत्न तुलाधरले मङका खलःको नारा लिएर पंचायतको बिरूद्ध बहुदलको नारा
दिएर नेवारी जनतालाई नेवारी भाषा र नेवारी सम्वत कायम गर्ने कुरा गर्दै
भोट जितेर राष्ट्रिय पंचायतमा निर्वाचित भए ।

एकपटक उनले संसदको रोष्ट्रम्मा बोलीरहेका बेला मैले उनलाई इंगित गरेर
बोले– 'सभामुख महोदय ! संविधान बिपरित बोल्न संसदमा पाइदैन । संविधान
बिपरित नबोल्नुहोस् ।' भनेर कडकेर मैले बोलेपछि पद्मरत्न तुलाधर रून थाले
। ग्वाँ ग्वाँ गरेर रून थाले । म आफै धर्मसंकटमा परें । मलाई लाग्यो
'यस्तो डरपोक रहेछ बेकारमा चलाइछु ।' रूएर रोस्ट्रम नछोडेपछि पद्मसुन्दर
लावती र पशुपति शम्सेरले कड्केर 'रोस्ट्रममा किन बस्छौं, रोयर बस्ने हो
रोष्ट्रममा ! भाग त्यहाँबाट' भनेपछि पद्मरत्न तल ओर्ले र आफ्नो ठाउँमा
झोक्य्राएर बसे । त्यस्तो कमजोर व्यक्तिलाई पछि विदेशीले पैसा दिएर जातीय
साम्प्रदायिक आन्दोलनमा अगाडि सारे ।

बाबुराम भट्टराईको किस्सा छ । उनले गोर्खा लुइटेल स्कूलमा पढेका हुन् ।
२०२६ सालमा उनी बोर्डफष्ट भएका थिए जसमा उनले मैले लेखेको पुस्तक
पंचायतमा ७० प्रतिशत ल्याएका थिए । मेरो पुस्तक पढेर त्यतिधेरै पंचायतमा
नम्बर ल्याउने व्यक्ति बाबुराम भट्टराई नैं हुन् । तर उनी रहेछन्
उसैबेलादेखि बनेका इसाई । त्यही इसाई बनेका कारणले पछि नेपालस्थित भारतीय
राजदूतावासस्थित गुप्तचर संस्था 'रअ' का प्रमुख पी हर्मीज थाराकनसँग उनको
संवन्ध गहिरियो । 'रअ' प्रमुख थाराकन पनि क्याथोलीक क्रिस्चियन हुन् । यी
दुईको घनिष्ट संवन्ध हुनु नैं नेपालको दुर्दशाको कारण बन्न गयो ।

दरबार हत्याकाण्डपछि पी हर्मीज बढुवा भएर भारतको 'रअ' प्रमुख हुन्छन् र
काठमाडांैंस्थित भारतीय राजदूतमा आलोक जोशी सहायकबाट बढुवा हुन्छन् । पी
हर्मीज र आलोक जोशीसँग बाबुरामको त्यत्तिकै नजिकको संवन्ध कायम रह्यो ।
उता दिल्लीमा एसडी मुनी बाबुरामका दाइने हात छन् । बाबुराम भट्टराईमार्फत
नेपाललाई चौतर्फी आक्रमण गर्ने योजना बनाइयो । 'रअ' र एसडी मुनीको मक््सद
हो– नेपालको अस्तित्व समाप्त गर्नु । यसरी विदेशीको आडमा नेपालको बिरूद्ध
लागेका नेपालका गद्दारहरूलाई समयमा राज्यले कारवाही गर्न नसक्नु नैं
अहिलेको बिपत्ति हो ।

माओवादी खास गरेर बाबुराम भट्टराई भारतीय गुप्तचर संस्थाबाट परिचालीत
भएको कुराको प्रमाण २०६८ साल भदौं ११ गते राती भारतीय गुप्तचर संस्थाका
तत्कालीन उपप्रमुख आलोक जोशी दिल्लीबाट नेपालको त्रिभूवन एयरपोर्ट आएर
भारतीय इशारामा चलेका सारा मधेसी झिकाएर (नबिच्कियोस् भन्नका लागि होला)
प्रचण्डलाई ४ बुँदे सहमतिमा हस्ताक्षर गराएर भोलिपल्ट भदौं १२ गते
बाबुराम प्रधानमंत्री भएका हुन् भने यहाँभन्दा ठूलो देशद्रोही अपराधी को
होला ? नेपाली सेनामा १० हजार मधेसी सेना भर्ना गर्ने जस्ता बुँदाहरू
समावेश चार बुँदे कति खतरनाक छ भन्ने कुरा जानिफकारहरू सबैलाई थाहा भएकै
कुरा हो ।

बाबुराम भट्टराई बारेमा अर्को चाखलाग्दो घटना छ । नेपालमा माओवादी
जनयुद्ध चंर्कन थालेपछि नर्वेबाट भित्रभित्रै हतियार र आर्थिक सहयोग
माओवादीलाई दिन थालेको कुरा अमेरिकाले पत्ता लगाएपछि अमेरिकी सरकारले
तत्कालीन अमेरिकी राजदूत मोरियार्टीलाई नेपालका माओवादीलाई अमेरिकाले पनि
सम्पर्कमा लिएर काम गराउनु भन्ने निर्देशन दिएपछि मोरियार्टीले
माओवादीलाई भेट्ने क्रममा बाबुराम भट्टराईलाई अमेरिकी दुतावासमा बोलाए ।
मोरियार्टीले आफूले नभेटेर राजदूताबासको तेस्रो सहचारीले बाबुरामलाई भेटे


बाबुराम भट्टराई भित्र भेट्न पसेपछि त्यहाँका कर्मचारीले भनेछन्– 'ए हजूर
भित्र मोबाइल लिएर जान मिल्दैन, यही छोडेर जानुहोस् ।' बाबुरामले मोबाइल
बाहिरै छोडेर भित्र पसेछन् । भित्र भेट्न गएपछि मोबाइलको सीमकार्डलाई
अर्को सीमकार्डमा साँटेछन् । बाबुराम भट्टराईले अमेरिकी दूताबास
छिर्नुभन्दा पहिला र फर्केपछि पनि फेरि एसडी मुनीसँग कुरा गरेको थाहा
भएपछि मोरियार्टीले अमेरिकी सरकारलाई सो रिपार्ट दिँदा अमेरिकी सरकारले
भनेछ– 'भइगयो माओवादीहरू भारतबाट परिचालीत रहेछन् । अव माओवादी नभेट्ने र
बाहिरैबाट उनीहरूको क्रियाकलाप रिकर्ड मात्र गर्ने' भन्ने आदेश आएपछि
माओवादी बारेमा त्यसबेला अमेरिका मौन रहेको हो । यो कुरा मोरियार्टीसँग
सम्पर्क गरेर सोधे हुन्छ ।

यूरोपका इसाई राष्ट्रहरूले माओवादीलाई जसरी प्रयोग गरेता पनि माओवादीहरू
सबै हिसावले भारतबाटै परिचालीत गरिएका आपराधीक जथ्था भएकाले यिनीहरू
नेपालका शत्रुहरू नैं हुन् ।  टिकापुर–धनगडीमा प्रहरी एसएसपीलगायत प्रहरी
अधिकृत अन्य प्रहरी र जनताको जसरी विभत्स हत्याकाण्ड भयो ती माओववादी
कार्यकर्ता उपर नेतृत्वतहबाट गरिएको कुकर्म थियो भनिन्छ ।

घरमा आगो लगाउने धेरै चाहिदैन । पद्मरत्न तुलाधर, गिरिजा कोइराला,
बाबुराम भट्टराई, कृष्ण सिटौला, माधव नेपाल (मधेसीहरू भेला भई भारतीय
राजदूताबासमा एक मधेस एक प्रदेश संघीयताको पक्षमा साक्षी बसेका व्यक्ति)
प्रचण्डहरूले नेपालमा आगो लगाएपछि विजय गच्छेदार, राजेन्द्र महतो,
अमरेसकुमार सिंहले आगोमा घिउ थप्ने कुकर्म गरे । राजेन्द्र महतोले मधेस
आन्दोलनमा ५० लाख दिने धम्कीले पनि यो आतंक भित्र्याएको हो । यस्ता
देशद्रोहीहरूलाई जहाँ पनि झुन्ड्याएर मारिन्छ । सद्दाम हुसेनको बिरूद्ध
इराकमा सेनाका जनरलहरूले अमेरिकालाई सहयोग गरे तिनीहरूलाई सद्दाम हुसेनको
सत्ता समाप्त भई अमेरिकाको प्रभूत्व कायम भएपछि आफ्नो देशलाई धोका दिएर
विेदशीको भरिया बनेका ती जनरलहरूलाई गद्दार मानेर मारियो । नेपालमा पनि
आफ्नो देशको स्वाधीनता, एकता र देशका पहिचान समाप्त गरेर विदेशीहरूको
भरिया बनेका १०–२० जना पार्टीका यी नेताहरूको पनि भोलिका दिनमा त्यही
हालत हुनसक्छ ।

२०६३ सालपछि यो बितेको दश बर्षमा सत्तामा बसेका कांग्रेस, एमाले,
माओवादी, मधेसीहरूले बिगार्न बाहेक सपार्ने एउटा मात्र पनि काम गरेका
छैनन् भने यिनीहरू यो देशका अपराधीहरू नैं हुन् । युगोैंदेखि स्थापित
नेपालका सांस्कृतिक मान्यताहरू ध्वस्त बनाउन नेपाली कांग्रेस, एमाले, र
माओवादीका केही पथभ्रष्ट नेताहरू किन लागि परे ? राजनीतिको नाममा
राष्ट्रद्रोह गर्ने अधिकार कुनै नेता वा व्यक्तिलाई हुँदैन । के संविधान,
कानून् देशद्रोही अपराधीहरूलाई लाग्दैन र ? २०६३ को जनआन्दोलनपछि राजा र
दलका नेताहरूको बीचमा भएको संझौतालाई कांग्रेस, एमाले, माओवादीले धोका
दिए । त्यसबेला नेपाली सेनाले पनि धोका दियो । भोलिको इतिहासमा यी
राष्ट्रघातीहरूको कहिरन कालो अक्षरले लेखिने छ ।

संविधानसभालाई आधार बनाएर यिनीहरूले जुन आत्मघाती काम गरेका छन् त्यो
क्षम्य छैन । नेपाललाई टुक्र्याउन ल्याइएको 'संघीयता', 'गणतन्त्र' र
'धर्मनिरपेक्षता' हो । नेपाली जात–जातिहरूकाबीच फाटो ल्याएर साम्प्रदायिक
युद्ध चंकाउन 'जातीय स्वायत्तता' को कुरा ल्याए ।  इस्वी संवत् लागू
गराउन विक्रम संवत् बिस्थापित गर्न र इन्द्र जात्रा, भोटो जात्रा,
भद्रकाली खड्ग साँट्ने जात्रा, शिव रात्री, १२ बर्षे बौद्धको सम्यक पुजा
लगायत नेपालका अनेकौं धार्मिक परम्परा ध्वस्त बनाएर क्रिस्चियनहरूको अखडा
बनाउने यो अक्षम्य गद्दारी हो ।

नेपालका नेताहरूको चरित्र र हैसियतको अध्ययन गरेर नर्वेका द्वन्द
विशेषज्ञ प्रोफेसर योहान गाल्टुङले भनेका थिए –'नेपालका प्रधानमंत्री
यहाँको संसद र सरकारप्रति होइन, दिल्ली र अमेरिकाप्रति जिम्मेवार हुन्छन्
। यो अति दुर्भाग्यपूर्ण कुरा हो, यो एउटा ठूलो समस्या हो ।' यसरी नैं
नेपालको बिग्रदो अवस्था देखेर जापानका प्रतिनिधिसभा (डायट)का सदस्य
तागाहिरो माचुसीताले पनि भनेका थिए– 'सन् १९९० मा प्रजातन्त्र स्थापना
भएपछि जनताको स्थितिमा सुधार आउने जनआकांक्षा रहेकोमा भ्रष्टाचार बढेको,
जनआकांक्षा अनुरूप प्रजातन्त्रको प्रतिफल आम जनतासम्म पुग्न नसकेको, सबै
दोष राजालाई दिने सट्टा राजनीतिक नेताहरूले आफ्नो जिम्मेवारी अनुरूप अघि
बढ्न सकेमा मात्र स्थितिमा सुधार आउनेछ ।' वास्तवमा नेपालका नेताहरूको
आफ्नो अकर्मण्यता लुकाउन राजसंस्थामाथि मात्र दोष थुपारेर भारतीय
चक्रब्यूहमा फसेकाले उनीहरू ठूला बापतिको रूपमा देखापरेका छन् ।

नेपालको राजसंस्था भनेको सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको
सिर्जनामा रगत बगाएको संस्था हो । नेपालका राजाहरू त्रिभूवन, राजा
महेन्द्र, राजा वीरेन्द्रलगायत राजा ज्ञानेन्द्रलगायत कुनै पनि राजाहरूले
सामन्त शोषकहरूको पक्ष नलिएर गरीब तथा अन्याय परेकाको मात्र पक्षमा
बोल्ने र हुकुम प्रमांगी गरेका मात्र उदाहरणहरू छन् । अव राजाको
उपस्थितिमा देशको अस्तित्व र पहिचान बचाएर हिड्न सक्ने नेतृत्व नेपालले
खोजेको छ । अतः पार्टीहरू र पार्टी बाहिरका सम्पूर्ण राष्ट्रवादीहरूले
हिन्दुअधिराज्यकासाथ राजसंस्थाको निरन्तरतामा आवद्ध हने प्रतिवद्धता
जनाउँदै राष्ट्र बचाउन कटिवद्ध हुनुपर्छ ।
Please search Google and read >Hinduism in Nepal>
Thank you!
--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Post a Comment